काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको सचिवालयले जनाएकाे छ ।
प्रधानमन्त्रीसँगै पूर्वगृहमन्त्रीद्वय तथा रूकुम पश्चिमका सांसद जनार्दन शर्मा र जाजरकाेटका सांसद शक्तिबहादुर बस्नेत पनि गएका छन् । धेरै क्षति भएको नलगाड बस्नेतको गाउँ हो ।
जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ । भूकम्पमा परी दुई जिल्लामा ६० जना बढीको मृत्यु भइसकेको छ ।