भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने, सुर्खेतबाट तीन वटा हेलिकोप्टर परिचालन गर्ने

काठमाडौं – भूकम्प प्रभावित क्षेत्रमा जाजरकाेट र रूकुम पश्चिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं जाने भएका छन् । हिजाे राति जाजरकाेटलाइ केन्द्र बनाएर पौने १२ बजे ६. ४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो जनधनकाे क्षति भएकाे छ ।

खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा जान लागेका हुन्र । प्रधानमन्त्री स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जाने भएका छन् । प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिलसमेत गरेका छन् । उद्धारका लागि सुर्खेतबाट तीन वटा हेलिकोप्टर परिचालन गर्ने तयारी समेत गरिएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्