काठमाडाैं- जाजरकोट आसपासलाई केन्द्र बनाएर हिजाे राति गएको भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हाे।
भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो । भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको छ । भुकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ । रुकुममा मात्र हालसम्म २८ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ ।
नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ । हिजाे रातीसम्म संकलन गरिएको विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।