काठमाडौं, १५ कात्तिक । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध उजुरी आह्वान गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध १० दिनभित्र स्पष्ट आधार खोलेर उजुरी दिन आह्वान गरेको हो । राजदूतका लागि उपर्युक्त छैन भन्ने लागेमा उजुरी दिन आह्वान गरेको समितिले उजुरीकर्ताले चाहेमा उजुरीकर्ताको नाम, थर र वतन गोप्य राखिने बताएको छ ।