दशैंपछि पनि मालपोत र यातायात कार्यालयमा चहलपहल बढेन

दशैं बिदापछि सबै सरकारी कार्यालय खुलिसकेका छन् । अधिंकाश कर्मचारी पनि काममा फर्किएका छन् । मालपोत र यातायात कार्यालयमा कर्मचारीको ओइरो छ । तर, सेवाग्राही एक जना छैन । सेवाग्राही नआएपछि कर्मचारीहरु एक आपसमा बसेर गफ गर्छन् अनि हिटर ताप्छन् ।
मालपोत र यातायात कार्यालय छेउछाउमा कोठा भाडामा लिएर बस्दै आएका तथा फ्रल्याट र सटर लिएर अफिस तथा व्यापारव्यवसाय गर्दै आएकामध्ये अधिंकाशले त दशैंअघि नै कोठा, फ्रल्याट र सटर छोडेका थिए भने यो क्रम बढ्दो छ ।
दशैंपछि पनि घरजग्गा र सवारीसाधनको कारोबार नबढ्ने थाहा पाएपछि उनीहरुले कोठा, फ्रल्याट र सटर छोडेका हुन् । दशैंपछि पनि सेयर कारोबार बढेन । उल्टै सेयरको मूल्य घटिरहेको छ । दशैंको मौका छोपेर धेरै सहकारीहरु टाप कासे ।
दशैंको मौकामा कार्यालयको सामान बोकेर वा बाहिर झुण्डाएको बोर्ड समेत निकालेर सहकारीहरु भागे । दशैं मान्न गाउँघर गएकामध्ये आधाभन्दा बढी मानिसहरु उपत्यका फर्किएनन् । फर्किएका पनि कोठाको सामान लिएर फेरि गाउँ फर्किन थालेका छन् ।
बेरोजगारी अनि चर्को भाडाका कारण उनीहरु उपत्यका छोड्ने विचार बनाएर आफ्रनै गाउँघर फर्किएका छन् । भक्तपुरको थिमी, गठ्ठाघर, सूर्यविनायक, काठमाडौंको जडीबुटी, कोटेश्वरलगायत ठाउँमा कोठा सर्ने मानिसहरुको लाम छ ।
उनीहरु भन्छन्, ‘एकातिर काम पाउँदैन, पाएपनि तलब पाइदैँन । अनि यति महंगो भाडा तिर्न कसरी बस्नु ? त्यसैले, हामी त आफ्रनै गाउँघर फर्किन थालेका छौं ।’ गाउँ फर्किएमध्ये पनि पैसा हुनेले निजी प्लेटको सवारीसाधन तथा पैसा नहुनेले सार्वजनिक यातायातमा आफ्नो सामान हालेर लगेको देखिन्छ ।
कतिपयले त भाडा तिर्न नसकेर घरधनीलाई नै सामान छोडेको पनि भेटिन्छ । भक्तपुरको सल्लाघारीस्थित अहिले पनि दशैंका लागि ल्याइएको खसीबोका र च्याङ्ग्रा थुप्रै छ । दशैंमा बिक्री नभएपछि व्यापारीहरुले किलोमै दुई सय ५० रुपैयाँसम्म मूल्य घटाएका थिए ।
यद्यपि, खसीबोका र च्याङ्ग्राको बिक्री भने भएको छैन । दशैंपछि पसल खोलेका व्यापारीहरु पनि बहनी हुदैँन, सामान किन्न कोही आउँदैनन् भन्छन् । होटल, रेस्टुरेन्टमा पनि खान कोही छिरेको देखिदैँन । यता, हार्डवेयर पसल, ब्युट्री पार्लर, कपडा पसलहरुका व्यापारीहरु त बिहानै आउँछन् अनि बेलुकासम्म पनि बहनी नभएपछि रित्तो हात फर्किन्छन् ।
चार दशकअघि भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेलगायतमा बाहिरी जिल्लाका मानिसहरु खेतीपातीको काम गर्न आउन्थे । यहाँ सबै उब्जनी हुने जमिन थियो । अहिले त जताततै घरै घर बनेको छ । कतै खेतीयोग्य जमिन छैन । तर, उपत्यका तथा बाहिरी जिल्लामा घरै घर बनेपछि अहिले ज्यालादारी गरिखानेलाई पनि समस्या आइपरेको छ ।
घरजग्गा कारोबारमा मन्दी आएको छ । फेरि सबै ठाउँमा घर बनिसकेको हुनाले पनि घर बनाउने काम गर्नेहरु अहिले समस्यामा परेका छन् । घर बनाउनको संख्या घटेसँगै हार्डवेयर पसलको व्यापारमा पनि गिरावट आएको छ । त्यहाँका कामदारहरु जागिर गएपछि गाउँघर फर्किएका छन् ।
त्यस्तै, अधिंकाश गिल कारखाना पनि बन्द भएका छन् । त्यहाँ कार्यरत कर्मचारीहरु विदेश पलायन भएका छन् । कोठा, फ्रल्याट लिएर बस्ने तथा सटर लिएर व्यापार गर्नेहरुले अहिले घरधनीहरुलाई कि त भाडा घटाउनुस् कि हामी छोड्छौं भनेर भनिरहेका छन् । हाल लिइरहेको भाडामा आधा भाडा घटाउनुपर्ने उनीहरुको माग छ ।
भाडा तिर्न नसकेपछि कतिपय डेराबहाल राति नै सामान बोकेर भागेको पाइन्छ त कतिपयले भाडा छोडेका छन् । अहिले आफ्रनै घरमा पसल थाप्नेले मात्र पसल सञ्चालन गरिरहेको पाइन्छ । अधिंकाशले त चर्को भाडा र ठप्प व्यापारव्यवसायका कारण व्यापारव्यवसाय नै छोडेकाछन् ।
जो व्यक्तिले मासिक तीन हजारदेखि पाँच हजारसम्ममा घरायसी काम गर्दै आइरहेका थिए । उनीहरुलाई पनि घरधनी तथा साहुहरु तलब दिन नसकेपछि कामबाट निकालेका छन् । यता, विभिन्न संघसंस्था, पसल, होटल, रेस्टुरेन्टमा काम गर्नेहरुलाई पनि तलब दिन नसकेपछि जागिरबाट निकालिएको छ ।
कि त कामबाट निकालिइन्छ कि वर्षोदेखि तलब दिइदैँन । पुरानो कर्मचारीलाई निकालेपछि तलब पनि नदिने । फेरि नयाँ कर्मचारीलाई तीन महिना तलबबिना काम लगाउने अनि त्यसपछि पनि आधा तलब मात्र दिने गरिन्छ । बजारमा प्रत्येक दिन महंगी बढेको छ ।
सर्वसाधारणको भान्छा महंगिदैँ गएको छ । दाल, चामलदेखि नुनसम्मको मूल्य बढिरहेको छ । महंगी बढिरहेको अवस्थामा एकातिर काम पाइदैँन त पाएपछि तलब पाइदैँन । अहिले घरधनीहरु चिन्तित देखिन्छन् । एकातर्फ घर भाडामा गएको छैन, अर्कोतर्फ बेच्छुभन्दा पनि बिक्री भएको छ ।
यसले उनीहरुमा दिनरात नै चिन्ता पैदा गरेको छ । अधिंकाश मानिसले दुई करोडदेखि पाँच करोड लगानीमा घर बनाएका छन् । घर सबै भाडामा लगाए । तर, अहिले त्यो घर न भाडामा जान्छ न सस्तोमा बिक्री नै हुन्छ । हिजो पाँच करोडमा बनाएको घर अहिले करोडमा बिक्री हुदैँन ।
बैंकको कर्जा तिर्न नसकेपछि बैंकले पनि चिठी ल्याएर घरको ढोकामा टाँसेर छरछिमेकमा प्रचार गर्नुका साथै ऋणीको तीन पुस्ते पत्रपत्रिकामा निकालदिन्छ । सेयर लगानीकर्ताको पनि हालत उही छ । बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर उनीहरु दलालीको लौंलौंमा चार हजारमा किने । चार हजारमा किनेको सेयर अहिले सय रुपैयाँमा बिक्री हुन्न ।
भारतमा दुई लाखमा पाइने गाडी नेपालमा दलालीहरुले ३० लाखमा बेचे । त्यो गाडी अहिले सस्तोमा बेच्छुभन्दा समेत किन्ने कोही छैन । नयाँ गाडी बेच्ने अटो शोरुम तथा पुरानो गाडी बेच्ने कम्पनीमा एक जना पनि छिरेको पाइदैँन । घरजग्गा, गाडी र सेयरमा लगानी गरेकाहरु अहिले मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् ।
हिजो नाफा हुन्छ भनेर बैंकबाट महंगो ब्याजमा कर्जा लिएर घरजग्गा, गाडी र सेयरमा लगानी गरे । अहिले ऋण तिर्न नसकेर बैंकले सताइरहेको छ । फेरि बैंकको ऋण तिर्न न पैसा छ न घरजग्गा, गाडी र सेयर नै बिक्री हुन्छ । गाडी बनाउने वर्क सप पनि सुनसान छ । पैसा नभएपछि मानिसहरुले गाडी बनाउनुको साटो थन्काएका छन् ।
जसले गर्दा अधिंकाश वर्क सप बन्द हुनुपर्ने अवस्थामा पुगेका छन् । अहिले के मा व्यापार छ र राज्यले राजस्व उठाउँछ ? सर्वसाधारणले दैनिक उपभोग्य वस्तु समेत किन्न छोडेका छन् । चामलमा नुन र दाल हाली पकाएर उनीहरु खान थालेका छन् । अहिले सबैभन्दा बढी व्यापार मेनपावर कम्पनीको भएको छ ।
पैसा हुनेहरु अमेरिका, अस्ट्रेलिया गइरहँदा कन्सलट्रेन्सीहरुलाई फाइदा भएको छ भने पैसा नहुनेहरु खाडी मुलुक जाँदा मेनपावर कम्पनी फस्टाएको छ । सरकार वा राजनीतिक दलले अहिले पनि सञ्चारमाध्यम र जनतालाई ढाँट्नेबाहेक अरु केही गरेको छैन । राज्यको ढुकुटीमा राजस्व उठ्न शून्यझैं भइसकेको छ र यो लुकाएर लुक्दैँन ।
अहिले जनताले कर तिर्न छोडेका छन् । सरकारको आम्दानीभन्दा खर्च दोब्बर छ । सरकारी कर्मचारी, जनप्रतिनिधि तथा अवकाश प्राप्त कर्मचारीहरु बसीबसी खाइरहेका छन् । खर्च कटौतीका लागि सरकार न सरकारी कर्मचारी र जनप्रतिनिधिको तलबभत्ता कटौती गर्न सक्छ न त आर्मी र करार कर्मचारी नै हटाउन सक्छ । बुढोपाकाले भन्थे, ‘सय वर्ष कटेपछि भएको दाँत फुत्किएर नयाँ दाँत आउँछ ।’ मुलुकको अर्थतन्त्र श्रींलका भइसकेको छ । युवाहरु दिनहुँ खाडी मुलुक विदेशीएका छन् । तर, यस्तो अवस्थामा समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाउरा सुरुवाल लगाएर हिँडेका छन् ।
जनता पनि कुनै आफुलाई कांग्रेसको कार्यरत बताउँछन् न कुनै एमालेको । यहाँ सबै राजनीतिक दलका कार्यरत छन् । कोही त आफुलाई राजावादी पनिबताउँछन् । एकातिर टाउकोमा ढाका टोपी सजाउँछन्, दाउरा सुरुवाल लगाउँछन् अनि गोजीमा नेपाली नागरिकता बोक्छन् तर नेपालीजस्तो स्वभाव भने उनीहरुको छैन ।
राजनीतिक दलको झोले भएका छन् यहाँ जनता पनि । यदि उनीहरु नेपाली जनता भएको भए विदेशीको हस्तक्षेप रोक्न र राजनीतिक दलहरुलाई देश निकाला गर्न सडकमा उत्र्रिथे । अझै पनि समय छ, एक पटक सोचौं । हामी राजनीतिक दलको कार्यरत नभएर नेपाली जनता भएर सोचौं । आफ्नो देश बचाउन सडकमा आऊ ।
देश धितो राखेर सरकारले विदेशीसँग २५ खर्ब विदेशी ऋण लिइसकेको छ । प्रत्येक नेपालीको टाउकोमा लाखौं रुपैयाँ विदेशी ऋणको भार छ । खसीबजारमा खसीबोका बेचेझैं सरकारले नेपाली युवालाई खाडीलगायत अन्य मुलुकमा बेचिरहेको छ ।
हामी पनि सरकारलाई कर तिर्न, राजनीतिक दललाई भोट दिन मात्र जन्मिएका हौं कि आफ्नो देश बचाउन र आफ्नो अधिकार लिन पनि जन्मिएका हौं ? यो प्रश्न नेपाली जनतासमक्ष आइसकेको छ ।
विदेशमा रगतपसिना बगाएर नेपालीहरु यहाँ रेमिट्यान्स पठाउँछन् अनि त्यँही पैसामा सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरु मोजमस्ती गर्छन् । अझै पनि जनताको आँखा खुल्ने समय आएन ? अझै पनि जनताको आँखा खुल्न ढिलो भए देश रहदैँन, कर्मचारी र नेताहरुले देश बेचिसकेका छन् ।
रुषा थापा
भक्तपुर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्