जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक के निर्णय गर्‍यो ?

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मधेस प्रदेश सभा सदस्यको रिक्त स्थानमा सिराहाकी सञ्जिलाकुमारी यादवलाई निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टीको बैठकले ललितपुरको रानीबुमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको छ । जसका लागि पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा पाँच सदस्यीय भवन निर्माण समिति गठन गरेको छ । समितिको सदस्यहरुमा अमरेशनारायण झा, बलराम महतो, न्हुच्छेलाल महर्जन र सिताराम साह रहेका छन् ।
बैठकले गंगाराम यादव, विमलप्रसाद साह, शैलेश चौधरीलाई सल्लाहकार समितिमा र वीरेन्द्र यादवलाई सामाजिक सुरक्षा समितिमा मनोनयन गरेको छ । त्यसैगरी चुरे उत्खनन् गरी निकासी पैठारी सम्बन्धी सरकारी निर्णयको पार्टीले बिरोध गर्ने निर्णय गरेको छ । बैठकले केन्द्रीय कार्यालय समितिको अध्यक्ष भन्ने वाक्यांशलाई अब उप्रान्त केन्द्रीय कार्यालय सचिवको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्