लेकम-६मा रहेकाे भैरबनाथ मन्दिरमा रात्रिकालिन जात्रा लाग्ने

काठमाडौँ – लेकम गाउँपालिकाको वडा नं. ६ मा अवस्थित भैरबनाथ मन्दिरमा आज रात्रिकालिन जात्रा लाग्ने भएको छ ।
नवरात्राको नवौँ दिन अर्थात महानवमीमा वडा नं. ६ मा अवस्थित सिरोडा र मेल्लाउमा रहेको भैरबनाथ मन्दिरमा रात्रिकालिन जात्रा लाग्ने भएको हो । घटस्थापना देखि जमरा राखेर मन्दिरमा बस्दै आउने र पुजापाठ गर्ने प्रचलन रहेको छ । नवरात्राको नवौँ दिन भैरबनाथ मन्दिरमा विषेश पुजा आजा गरि दशैँमा टिका लगाउने प्रचलन छन् । मेल्लाउ र सिरोडाबासीले भैरबनाथलाई इष्टकुलका रुपमा पुजा गर्दै आएका छन् । भैरबनाथको मुल बासस्थान सिरोडामा रहेकोले भैरबनाथको विषेश पुजा सिरोडामा हुने जानकारहरु बताउछन् । रात्रिकालिन जात्रा हेर्नको लागि छिमेकी गाउँहरुबाट मानिसहरु जाने गर्दछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्