पाँचथरमा ढुंगाले लागेर एकजनाको मृत्यु

सांकेतिक तस्बिर

पाँचथर, २९ असोज । पाँचथरमा ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत मजदुरको ढुंगाले लागेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगर रहेका छन् ।

ड्रिल मेसिनले ढुंगा निकाल्ने क्रममा खसेको ढुंगाले लागेर मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्