युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक

काठमाडाैं – नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका सभापति एवं मोरङ क्षेत्र नं १ का सांसद समेत रहेका लिम्बुका आमा तथा लेटाङ–६ गुवाबारी निवासी हंसनुमा लिम्बूको १०१ वर्षको उमेरमा आज बिहान आफ्नै निवास निधन भएको हो।

उनको पार्थिव शरीरलाई धार्मिक संस्कारअनुसार आज दिउँसो लेटाङ घाटमा अन्तिम दाहसंस्कार गरिने नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव ललितबहादुर श्रेष्ठले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्