ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाशलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं –  ‘प्रसाद २’ नामक नेपाली चलचित्रका निर्माताको उजुरीपछि पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

आपराधिक विश्वासघातको आरोपमा शुक्रबार पक्राउ परेका अग्रवाललाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको हो । प्रसाद २ चलचित्रका निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको मञ्जुरीबिनै फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्