तुइन तर्ने क्रममा नदीमा खसेर एक जना बेपत्ता

FILE PHOTO

हुम्ला– तुइन तर्ने क्रममा खसेर हुम्लामा एक जना बेपत्ता भएका छन् । सर्केगाड गाउँपालिका–३ स्थित लेप्चेघाटमा मुगुका ३८ वर्षिय मकरसिह नेपाली तुइनबाट खसेर बेपत्ता भएका हुन् ।

हिजो साँझ ६ बजेरतिर तुइनबाट खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

कर्णाली करिडोर अन्तरगत छारे–सुनाखाडा काम गर्न उनी मुगुबाट हुम्ला गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो । बेपत्ता नेपालीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्