इजरायलमा ९ जना नेपाली विद्यार्थीमध्ये ३ जनालाई अस्पताल लगियो, १२ जना अझै सर्म्पक विहिन

काठमाडौँ – दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी घाइते भएका ९ जना नेपाली विद्यार्थीमध्ये ३ जनालाई अस्पताल लगिएको छ भने २ जना बंकरमै रहेका छन् । १२ जना भने सर्म्पक विहिन भएको छ ।

तेलअविवस्थित नेपाली दूतावासका अनुसार किवुज अलुमिनमा फसेका १७ जना नेपाली विद्यार्थीमध्ये दुईजनासँग मात्रै नियमित सर्म्पक भइरहेको छ । ‘त्यहाँ कृषि फार्ममा १७ जना विद्यार्थी थिए । एउटा बंकरमा रहेका दुई जनासँग नियमित सर्म्पक भइरहेको छ । दुई जनामध्ये एकजनाको घुँडामा गोली लागेको जानकारी प्राप्त भएको छ ।

अस्पतालमा लगिएको तीन जनामध्ये एकजनालाई आईसीयूमा राखिएको छ । गाजा क्षेत्रबाट नजिक रहेको यो ठाउँ हमास लडाकुहरुको नियन्त्रणमा छ । ती विद्यार्थीहरु शनिबार बिहान ६ देखि ७ बजेको बीचमा रकेट आक्रमणमा परेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् । सेदोत नेगेभ कृषि तालिम केन्द्रमा अध्ययन गर्न पुगेका ४९ जना विद्यार्थीलाई ६ वटा समूहमा विभाजन गरी अलग–अलग कृषि फार्ममा कार्यरत छन् । त्यसमध्ये सबैभन्दा उच्च जोखिममा १७ जना विद्यार्थी परेका हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्