काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका र चीनको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए ।
उतैबाट असोज ६ गते चीन पुगेका प्रधानमन्त्री दाहाल शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्किएका हुन् । छेन्दुबाट प्रस्थान गर्दा सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले प्रधानमन्त्री दाहाललाई बिदाइ गरेका थिए ।
प्रधानमन्त्री दाहाललाई त्रिभुवन विमानस्थलमा सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका छन् ।