आज सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं – आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यो साताको पहिलो कारोबार आज आइतबार बजार परिसूचक नेप्से १९.४२ अंकको गिरावट आएर २०१०.३५ को विन्दुमा बन्द भएको छ ।

लगातार ३ कारोबार दिन बढेर गत बिहीबार २०२९.७८ को विन्दुमा बन्द भएको नेप्से आइतबार ०.९५ प्रतिशतले गिरावट भएको हो। आइतबार  लघुवित्त बाहेक सबै उपसूचकमा गिरावट भएको छ । लघुवित्त उपसूचक ०.९९ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक १.९८ प्रतिशतले गिरावट भएको छ । यस्तै व्यापार र हाइड्रोपावर उपसूचक १.८१ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.६५ प्रतिशतले गिरावट भएको छ ।

आइतबार नेप्सेमा कुल २३१ सूचीकृत कम्पनीको सेयर कराोबार भएकोमा १६६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ६२ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको स्थिर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्