नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बरले बढायो

काठमाडौं – नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बरले बढाएको छ ।  यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएकोमा अब राष्ट्र बैंकको निर्णयसँगै वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउने भएका छन् ।

यद्यपि राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय परिपत्र भने गरिसकेको छैन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको आयात कोटा बढाउने निर्णय गर्दै कार्यान्वयको लागि राष्ट्र बैंकलाई पत्रचार गरेको थियो ।

कोभिड–१९ महामारी पछि बढेको आयात र रसिया–युक्रेन युद्धपछि बढेको उपभोग्य वस्तुको मूल्यले आयातमा परेको थप दबाबपछि बाह्य क्षेत्रमा समस्या देखिने अवस्था आउँदा सरकारले सुन आयातको दैनिक कोटा घटाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्