महाराजगन्जको व्यस्त चोकमा शंकास्पद वस्तु फेला

काठमाडौँ – राजधानीको महाराजगन्जस्थित व्यस्त सडक चोकमा शंकास्पद वस्तु फेला परेको छ । महाराजगन्ज चोकस्थित बूढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा झोलामा राखिएको शंकास्पद वस्तु फेला परेको हो ।

बेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ । सवारीको चापका बीच शंकास्पद वस्तु भएतर्फको साइडको सडक खाली अहिले गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा अहिले सवारीको चाम चर्को रहेको छ ।

शंकास्पद वस्तु बम हो वा होइन भन्नेबारे डिस्पोजल टोलीले यकिन गरेपनि थाहा हुने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्