काठमाडौँ – काठमाडौँको काँडाघारीमा अवस्थित भिमेश्वर एकेडेमीले आयोजना गरेको आमा छोरी तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगीतमा ९ वटा टिमको सहभागिता रहेको थियो । टीममा आमा र छोरीहरुको प्रस्तुती रहेको थियो । स्वनिका खड्का /देवी खड्का, सरना सन्जेल/राधिका सन्जेल, एलिसा बस्नेत/नविता बस्नेत, संस्कृति भट्ट/पवित्रा भट्ट, सन्ध्या थापा/सरिता थापा, अविना बस्नेत/सुजिता बस्नेत/निर्मला बोगटी, सन्ध्या बास्तोला/मिना बास्तोला, स्मृति श्रेष्ठ/रिता श्रेष्ठ र रोशनी तामाङ/शीला तामाङबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगीतामा अविना बस्नेत/सुजिता बस्नेत/निर्मला बोगटी आमाछोरी प्रथम भएका थिए । यस्तै स्मृति श्रेष्ठ/रिता श्रेष्ठ आमाछोरीले दोस्रो स्थान हात पार्न सफल भए भने संस्कृति भट्ट/पवित्रा भट्ट आमा छोरीले तेस्रो स्थान हात पारेका छन् । पहिलो, दोस्रो र तेस्रो हुनेलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रतियोगीतामा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रिन्सिपल अमृत कुमार खड्काले जानकारी दिए । यस्तै कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा १० उत्तिर्ण भई गएका विद्यार्थीहरुको विदाई समेत गरिएको थियो ।