सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ आज बिहीबार बाँडफाँड

सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ आज बिहीबार बाँडफाँड भएको छ। गोलाप्रथामार्फत ९ लाख जनाले १० कित्ताका दरले सेयर पाएका छन्। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।

उक्त आइपिओमा कुल १५ लाख ८४ हजार ५९७ जनाले आवेदन दिएकोमा १ लाख ७७ हजार ३६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ। योग्य १४ लाख ७ हजार २३७ आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो। कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्कासन गरेको हो।लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्