काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) को काठमाडौँ जिल्लाको सह–सचिवमा प्राप्ती मल्ल सर्वसम्मत चयन हुनुभएको छ ।
बुधबार काठमाडौँमा एक समारोहकाबीच नेशनल प्याब्सन काठमाडौँको आठौँ जिल्ला अधिवेशनमा मल्ल सह–सचिवमा सर्वसम्मत चयन हुनुभएको हो । उहाँले काठमाडौँको टोखामा स्मल स्टेप्स स्कुल संचालन गर्नुभएको छ । उहाँ विगत एक दशक देखि शिक्षाको क्षेत्रमा अनवरत रुपमा कार्यरत हुनुहुन्छ । उहाँसँग नेशनल प्याब्सन जिल्ला कार्यसमितिमा बसेर काम गरेको समेत अनुभव छ । मल्लले सह–सचिवमा सर्वसम्मत चयन भएपछि थप जिम्मेवारी थपिएको बताउनुभएको छ ।