भक्तपुरको गठ्ठाघर चोकमा अगेनो सेकुवा घर पूर्णरुपमा सञ्चालनमा

काठमाडौं – भक्तपुरको मध्यपुर ठिमी वडा नम्बर ३ गठ्ठाघर चोकमा आज बुधबारदेखि अगेनो सेकुवा घर पूर्णरुपमा सञ्चालनमा आएको छ । चार जना सफल युवा व्यवसायीहरुले सञ्चालन गरेको अगेनो सेकुवा घर बुधबार औपचारिकरुपमा उदघाटन भएको हो । कान्छा कुमार डंगोल, मिलन सिग्देल, दुर्गा कार्की र निरोज श्रेष्ठ सञ्चालक रहेको अगेनो सेकुवा घर सेकुवाका पारखीहरुका लागि उपर्युक्त गन्तव्य बन्ने सञ्चालकहरुको भनाई छ ।

पछिल्लो समयमा मानिसहरु स्वादिष्ट भोजनका साथै उपर्युक्त वातावरणको पनि खोजीमा रहेका छन । यही आवश्यकतालाई मध्यनजर गरि अगेनो सेकुवा घरमा सोचेजस्तो खोजेजस्तो पार्किङको सुविधा रहेको छ । रमणीय, पारिवारिक वातावरणमा स्वच्छ, स्वस्थ, हाइजेनिक परिकारहरु पाइने अगेनो सेकुवा घरमा किलोग्रामको हिसाबमा सेकुवाका परिकारहरु पाइने सञ्चालक कान्छाकुमार डंगोलले बताए ।

अगेनो सेकुवा घरमा अनुभवी सेफहरु रहेको सञ्चालकहरुको भनाई छ । सबै तह र तप्काका मानिसहरुका लागि यो सेकुवा घरका परिकारहरुको मूल्य पनि नेपाली बजार अनुसार तोकिएको अर्का सञ्चालक मिलन सिग्देलको भनाई छ । अगेनो सेकुवा घरमा विवाह, ब्रतबन्ध,सेमिनार, गोष्ठीका लागि विशेष सुविधासहित हलहरुको समेत व्यवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्