कैलाली – डडेल्धुराकाे अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला परेका छन् । अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी खाल्डोमा मृत भेटिएका हुन्। डडेल्धुराको अमरगढी नगरपालिका-१ स्याउले स्थित लिसा कम्पनी नजिक भिमदत्त राजमार्ग सडक खण्डमा से. ५ प. २८०३ नम्बरको मोटरसाईकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका २ हो। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले थप अनुसन्धान गरिरहेको छ।