नेशनल प्याब्सन काठमाडौँ जिल्लाको सह–सचिव पदमा प्राप्ती मल्लको उम्मेदवारी

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) को काठमाडौँ जिल्लाको सह–सचिव पदमा प्राप्ती मल्लले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
यही भदौँ २७ गते काठमाडौँमा आयोजना हुन गइरहेको आठौँ जिल्ला अधिवेशनमा मल्लले सह–सचिव पदमा उम्मेदवारी दिन लागेको बताउनुभयाे । उहाँले काठमाडौँको टोखामा स्मल स्टेप्स स्कुल संचालन गर्नुभएको छ । उहाँ विगत एक दशक देखि शिक्षाको क्षेत्रमा अनवरत रुपमा कार्यरत हुनुहुन्छ । उहाँसँग नेशनल प्याब्सन जिल्ला कार्यसमितिमा बसेर काम गरेको समेत अनुभव छ । मल्लले सह–सचिव पदमा निर्विरोध निर्वाचित गराईदिन सबैलाई अनुरोध समेत गर्नुभएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्