सुदूरपश्चिम सेवा समाज युएइले आयोजना गरेको गौरा विशेष सास्कृतिक कार्यक्रममा नेपाली डेउडा कलाकारहरुले प्रस्तुती दिएका छन् । युएईको दुवई शहरमा डेउडा कलारकारको रुपमा भुवन प्रकाश बडू र दिपा रोकायले आफ्नो प्रस्तुती दिएका थिए ।
रोजगारीको लागि दुबई पुगेका नेपालीहरुलाई नेपाली कला, सँस्कृति, रितिरिवाजको जगेर्ना गर्ने उद्देश्य राखि आयोजना गरिएको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आयोजकका सस्थापक अध्यक्ष मोहन ठकुराठीले जानकारी दिनुभयो ।
मुख्य आकर्षक कलाकारको रुपमा रहेका सुदूरपश्चिमका पहिलो म्युजिक एरेन्जर, आधुनिक गायक, मोडेल तथा पहिलो बाध्यबादक बडू रहनुभएको थियो । बडू बिग एचडी परिवेश रेकर्डिङ स्टुडियो काठमाडौ तथा मुम्बईका सञ्चाल हुन भने उनी गायक, संगीतकार तथा म्युजिक एरेन्जर पनि हुन् । लामो अनुभव बटुलेका बडूलाई युएईमा भव्य स्वागत गरिएको थियो ।
गायक भुवनले दुबईमा बस्ने नेपाली आमाबुवा दाजुभाइ तथा दिदिबहिनीहरुलाइ आफ्नो मन्द्रमुक्त स्वर बाट मोहित बनाएका थिए । आयोजक ठकुराठी भन्नुहुन्छ “अहिले सम्मकै एतिहासिक प्रोग्रामले आगामी दिनहरुमा अझै सुदूरपश्चिमका अन्य कलाकारहरुलाइ पनि समावेश गर्ने प्रयास हुनेछ” । यस्तै गायिका दिपा रोकाया र नेपाल आइडलका गायक आशिक महरको प्रस्तुतिले कार्यक्रममा थप रौनक बढेको थियो । बिहान ११ बजे देखि साझ ६ बजे सम्म दर्शकहरु रमाएको देखेर आयोजक कमिटी उत्साहित भएको थियो ।
सुदूरपश्चिम सेवा समाज युएइका महासचिब प्रकाश बडू र कार्यक्रम सञ्चालक अमित चटौतले निक्कै उत्साहित ढङ्गले कार्यक्रम संचालन गरेका थिए भने अन्य पदाधिकारीहरुले पनि कार्यक्रम सम्पन्न गर्नमा मुख्य भूमिका निर्वाह गरेका थिए ।