आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल सेमिफाइनलमा थाइल्यान्डसँग पराजित

काठमाडाैं – आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल सेमिफाइनलमा थाइल्यान्डसँग पराजित भएको छ। शुक्रबार मलेसियामा भएको छनोटको सेमिफाइनलमा नेपाललाई थाइल्यान्डले ४६ रनले पराजित गरेको हो। थाइल्यान्डले दिएको १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अलआउट भयो।

यससँगै नेपालको विश्व छनोट खेल्ने लक्ष्य समाप्त भएको छ। नेपाललाई पराजित गरेसँगै थाइल्यान्ड भने विश्व छनोटमा पुगेको छ।

नेपालका लागि कविता कुँवरले सबैभन्दा बढी नटआउट १७ रन जोड्दा कविता जोशी र अप्सरी बेगमले १०–१० रन बनाए। नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा थाइल्यान्डकी ओनिचा र थिपच्चाले ३–३ विकेट लिए।

त्यसअघि टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा २ विकेटको क्षतिमा १०५ रन जोड्यो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्