जसपा संघीयताको मर्मअनुरुप चल्छ

काठमाडाैं – जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका संगठन र समितिहरु संघीयताको मर्मअनुरुप चल्ने बताएकोे छ। पार्टीमा शक्तिशाली केन्द्रीय समिति रहने र अन्य समिति र संगठनलाई शक्ति र अधिकार निक्षेपण वा प्रत्यायोजन गरेर एकात्मक र केन्द्रिकृत ढंगले पार्टीहरु चल्ने गरेको भन्दै जसपाले राज्यमात्र हैन पार्टीहरु पनि संघीयताको मर्मअनुरुप चल्नुपर्ने बताएको छ ।

जसरी मुलुकको संविधानले संघ र प्रदेशबीच शक्ति र अधिकारको बाँडफाँट गरेको छ त्यसरी नै जसपाको विधानले केन्द्र र प्रादेशिक संरचनाको शक्ति र अधिकार स्पष्ट किटान गरेको छ । पार्टीले यसलाई लोकतान्त्रिक अकेन्द्रिकरणको सङ्गठनात्मक सिद्धान्त भनेको छ ।
स्थानीय तहका इन्चार्जसमेत केन्द्रबाट तोक्ने र पालिका र जिल्लासमेत केन्द्रले परिचालन गर्ने कार्य संघीयताको भावना विपरित हो । विधानले व्यवस्था गरेको श्रृंखलाबद्ध समिति प्रणालीलाई बेवास्ता गर्ने परिपाटी पार्टीमा रहँदैन । जसपा संघीयताको वास्तविक र सही अभ्यास पार्टीभित्र गर्न चाहन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्