काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कामनपा वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनबाट लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति पुगेको बताएका छन् । भट्टराई स्वर्गी रिजालको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रियसभा गृहमा पुगेका थिए ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्- ‘नेपाली कांग्रेसका प्रतिभाशाली नेता तथा काठमाण्डौ मनपा–१६ का लोकप्रिय वडाध्यक्ष मुकुन्द रिजालको आकस्मिक निधनमा अत्यन्त दुःखित छु। गत आमनिर्वाचनको क्रममा वहाककको जनशैली र क्षमतालाई नजिकबाट बुझ्ने अवसर मिलेको थियो! वहाककको निधनबाट लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति पुगेको छ। स्व. रिजालप्रति हार्दिक श्रद्धान्जली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना !’