कोशी प्रदेश विरुद्व सर्वोच्च अदालतमा दायर भएको रिमा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । समय अभावका कारण हिजो हेर्दाहेर्दैमा राखिएपछि आज सुनुवाइ हुने भएको हो ।

न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार चुडाल र नहकूल सुवेदीको इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हिजो नभ्याएका कारण आजका लागि राखिएको हो । रिट निवेदकको तर्फबाट १३ जना वकिलहरुले हिजो बहस गर्नुभयो ।

बहसमा भाग लिदै निवेदकका कानुन व्यवसायीले सभामुख र सभाको अध्यक्षता गरिरहेका व्यक्तिको पदीय हैसियत र दायित्व एउटै हुने जिकिर गर्नु भयो । उहाँहरुले प्रदेशसभामा कुनै प्रस्तावमाथि मत बराबर भएको अवस्थामा बाहेक अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने दाबी गर्नुभयो ।

हिजो निवेदकका तर्फबाट बहस सकिएकाले आज मुद्दामा प्रत्यर्थीका कानुन ब्यवसायीले बहस गर्ने छन् । बहसका लागि इजलासले निवेदक र प्रत्यर्थीका वकिलहरुलाई चार चार घण्टाको समय तोकेको छ । कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्