घोराहि – दाङको घोराही –१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमिमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । गुरुकुलमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुको आयोजनामा विद्यालयको प्रांगनमा एक कार्यक्रमका बीच ११ कक्षाका विद्यार्थीहरुलाई स्वागत गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा १२ का छात्र प्रबेश घिमिरेको सभापति एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि घिमिरेले राम्रा र नराम्रा पक्षलाई विद्यालयले ग्रहण गर्दै आगामी दिनमा विद्यालयलाई थप व्यवस्थित र शैक्षिक गुणस्तरीयमा नयाँ ढंगले अगाडि बढाउने बताउनुभयो । गुरुकुललाई गुरुकुल जस्तै बनाउन आफूहरुले योजनावद्द तरिकाले अगाडि बढाइरहेको भन्दै प्रमुख अतिथि घिमिरेले विद्यालयमा गुरुहरुबाट आर्जन गरेका ज्ञान र सीपलाई विद्यार्थीहरुले आ–आफ्नो क्षमताको आधारमा आत्मसात गर्दै अगाडि बढ्नुपर्ने र गुरुबाट आर्जन गरेका कुरालाई व्यवहारमा पनि लागू गरी समाज रुपान्तरणमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरुलाई शुभकामना मन्तव्य दिँदै स्वागत हुनु एक रमाइलो क्षण महसुस हुने र उच्च शिक्षाको लागि नँया खुड्किलामा सुरुवात भएको र त्यो आफैमा महत्त्वपूर्ण रहने बताएका थिए । उच्च शिक्षा विद्यालय तहभन्दा अप्ठ्यारो र जटिल हुनेभएकाले आगामी दिनमा विद्यार्थीहरुले अझै मेहनतसँगै संघर्ष गर्नुपर्ने र दुई वर्षभित्र कलेजमा गुरुहरुबाट सिकेका र प्राप्त गरेका ज्ञानका कुरा व्यवहारिकतासँग जोडेर लैजानुपर्ने बोल्ने वक्ताहरूको भनाइ थियो। कक्षा १२ का छात्रा सजना पौडेलले गर्दै पछिल्लो दुई वर्षमा गुरुहरुले सिकाएका कुरा अमुल्य हुने र विद्यालयका राम्रा पक्षले आफूहरूको सफलताका लागि आगामी दिनमा थप उर्जा मिल्ने बताइन । उनले कलेजमा गुरुहरुबाट सिकेका र आर्जन गरेका सीप, ज्ञान र प्रेरणाले आफूहरूको करिअर बनाउनका लागि महत्त्वपूर्ण योगदानमा सहयोग पु¥याउने र विद्यालयको सिर सधै उचो बनाउने कुरामा जोड दिइन ।
कार्यक्रमलाई थप व्यवस्थित र रमणीय बनाउनका लागि विद्यार्थीहरुले फरकफरक नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक डा कृष्णराज डिसि, विद्यालयका सह–प्रध्यानाध्यापक मुकुन्द गिरि, विद्यालयका प्लसटुका संयोजक निमानन्द गैरे, ब्यबस्थापन संयोजक डम्बर रावत, विज्ञान संयोजक अजय शाह , शिक्षकहरु विवेक देबकोटा , महाविर घर्ती लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कक्षा १२ कि विज्ञान संकायकि छात्रा सजना पौडेलको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण कक्षा १२ छात्रा स्वीकृति आचार्य , मुना घर्ती र छात्र रबिन्स भुषाल र रोशन पौडेलले गरेका थिय भने नेपाली बिषयका बिभागिय प्रमुख तथा परीक्षा संयोजक विवेक देबकोटाको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।