त्यस्तै महासंघकी सहअध्यक्ष इन्दु पौडेलले महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन र महिला उद्यमीहरुको विकास संरक्षण गर्नको लागि मेलाको आयोजना गर्न लागेको बताउनु भयो । उहाँले बजारिकरणको राम्रो व्यवस्था नहुँदा नेपाली महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुले बजार पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले सरकारले महिला उद्यमीहरुको विकास प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुक संघीयतामा गएसँगै तीन तहको सरकार रहेको भन्दै प्रदेश सरकारहरुले प्रत्येक प्रदेशमा एक÷एक वटा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तु बिक्री केन्द्र बनाउन माग गर्नुभयो ।

उहाँले सरकारले महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारिकरणको लागि सहजीकरण गरे मात्रै उत्पादन वृद्धि हुनसक्ने बताउनु भयो । उहाँले सरकारले नै समय–समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महिला उद्यमी मेला आयोजना गर्न आवश्यक रहेको बताउनु भयो ।

महासंघले महिला उद्यमी मेलामा राष्ट्रिय कलाकारहरुबाट विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरु समेत हुने जनाएको छ । मेलामा महिला उद्यमीहरुले स्टल राख्नको लागि उत्साहित देखिएको भन्दै ७० वटै स्थलहरु बुक भइसकेको महासंघले जनाएको छ ।