काठमाडाैं – राष्ट्रिय सभामा ‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ पेस गरिएको छ ।
राष्ट्रिय सभाको आईतवार बसेको बैठकमा विधायक व्यवस्थापन समितिकी सभापति जयन्तिदेवी राईले सो विधेयक पेस गर्नुभएको हो । त्यसैगरी उहाँले ‘विधायक व्यवस्थापन समितिको निर्देशन, सुझाव कार्यान्वयनको अनुगमन तथा मूल्यांकन अध्ययन प्रतिवेदन, २०८०’ पनि सभामा पेस गर्नुभयो । त्यस अवसरमा सभापति राईले सभाले सो विधेयकमाथि गम्भिर छलफल गरी आवश्यक परिमार्जन गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक भदौं १८ गते सोमवार अपरान्ह १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको छ ।