काठमाडाैं – सुदूरपश्चिमेलिहरुको महान चाड गौरा पर्व पारेर गायिका चाँदनी मल्ल र गायक तथा सञ्चारकर्मी शंकरसिंह बिष्ट सम्मानित हुने भएको छ ।
नेपाल रहदा सुदूरपश्चिमको संस्कृति, कला, पर्यटनलाई उजागर गर्दै निरन्तर सञ्चारक्षेत्रमा अहोरात्र खटिने गायिका चाँदनी र गायक विष्ट हाल अमेरिकामा बस्दै आउनुभएको छ । कर्मभूमि अमेरिका भएपनि नेपाली कला सँस्कृतिको लागि जुटिरहने गायकद्वय विष्ट र मल्ललाई तारा–किशन फाउण्डेसनले आयोजना गरेको “बिशेष सम्मान कार्यक्रम”मा सम्मान गरिन लागेको हो ।
नेपाली भाषाको प्रवर्द्धन र संरक्षण गरिरहेका अमेरिका अधिराज्य भरिका २० जना सम्मानित हुनेभएका छन । सुदूरपश्चिम तथा कर्णाली भेगको भाषा संस्कृति र संस्कार बटुलेर काठमाडौमा स्थापित गराउन सफल गायक/गायिकाले त्यो भेगको कला संस्कृतिलाई बिश्वको कुना कुनासम्म पुर्याउन सफल भएका छन् ।
नेपाली भाषा, लिपि, साहित्य र संस्कृतिको जगेर्ना एवं प्रवर्द्धनमा योगदान पुर्याए बापत फाउण्डेसनले अगष्ट २६, २०२३ शनिवार अपरान्ह १:३० बजे न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा सम्मान कार्यक्रम राखेको विज्ञप्तिमा जनाएको छ ।
साथै कार्यक्रममा गौरा, डेउडा र तीज सहितको भब्य कार्यक्रमको आयोजना गरिने भएकोछ । कार्यक्रममा कलाकारहरुको प्रस्तुति समेत रहने भएको छ । नेपाल रहदा गायिका मल्ल बाडुली कार्यक्रमकी सञ्चालिका हुन भने गायक विष्ट चाँचरी कार्यक्रमका सञ्चालक हुन् ।