दिपक वली, घोराही
दाङको घोराहीमा भएको जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । गुरुकुल एकेडेमीले आयोजनामा गरेको प्रतियोगितामा ३५ विद्यालयका ६३ जना सहभागीता भएका थिए । बिद्यार्थिहरुमा शिक्षा मात्र नभई अन्य क्रियाकलापको सर्वागिंन विकासको लागि यो चित्रकला प्रतियोगिता गरीएको हो । शान्तिसंग सम्बन्धित शिर्षकमा आधारभुत तर्फ (कक्षा ६ देखि ८ ) र मा.वि तर्फ (कक्षा ९ देखि १२ ) गरी दुई समुहमा प्रतियोगीता आयोजना गरिएको थियो ।
जसमा आधारभुत तर्फ प्रथम विद्यानिल्कण्ठ बोडिङ स्कुलकी सुप्रिया चौधरी, द्धितिय ज्ञानमाला एकेडेमीकी स्मारिका चौधरी र तृतिय संकार पाठशालाकी सोयङका वली रहेका छन् । त्यस्तै, मा.वि तह अन्तरगत प्रथम गोर्खा मा.वि तुलसपुरकी भुमिका वि.क, द्धितिय स्थानमा तुल्सी आवासिय मा.विका विजय ओली र तृतियमा ज्योतिपुञ्ज बोडिङ स्कुलकी अभिञ्जा पोख्रेल रहेका छन् । प्रतियोगितामा उत्कृष्ट हुने ३÷३ जनालाई पहिलो ,दोस्रो र तेस्रो ट्रफि, मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
गुरुकुल एकेडेमी विद्यालयका प्रधानाध्यापक डाक्टर कृष्णराज डि.सीको अध्यक्ष एवं घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डि.सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधीहरुले मन्तव्य राख्नुभएको थियो । विद्यालयका संयोजक महेन्द्र पौड्ेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले शुभकामना मन्तब्य संगै नतिजा सार्वजनिक गर्नुभएको थियो । प्रतियोगिताको संयोजक विशालमान श्रेष्ठको रहनुभएकोे थियो भने ब्यबस्थापन शिक्षक इन्द्र प्रशाद पोख्रेलले गर्नुभएको थियो । गुरुकुल एकेडेमीका नेपाली बिषयका बिभागिय प्रमुख तथा शिक्षक विवेक कार्यक्रमको सहजिकरण गर्नुभएको थियोे ।।