सूचना तथा प्रसारण विभागले दिने प्रेस प्रतिनिधि प्रमाणपत्रकाे अवधि तीन वर्ष हुने

काठमाडौं – सूचना तथा प्रसारण विभागले सञ्चार प्रतिष्ठानका स्थायी पत्रकारलाई दिने प्रेस प्रतिनिधि प्रमाणपत्रकाे अवधि तीन वर्ष हुने भएको छ ।

यसअघि एक वर्षका लागि मात्र दिइने प्रेस प्रतिनिधि प्रमाणपत्र स्थायी र स्वतन्त्र पत्रकारहरुलाई भने ३ वर्षको दिइने विभागले सूचना जारी गरेका जानकारी दिएकाे छ ।

यो इजाजत/लाइसेन्स प्रतिलिपी पनि अनलाइनमै पाउने व्यवस्था गरेको छ । विभागको वेबसाइटको ‘अन्य’बाट प्रवेश गरेर निवेदन दिई सोको निर्णय पश्चात विभागबाट निवेदकको सम्बन्धित जिल्ला हुलाक कार्यालयमा सो प्रतिलिपि पठाइने व्यवस्था मिलाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्