काठमाडौँबाट पाेखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्यो, अहिलेसम्म १८ जनाको उद्दार

File photo

काठमाडौं – काठमाडौँबाट पाेखरा जाँदै गरेको बस त्रिशुली नदीमा खसेकाे छ ।  त्रिशूली नदीमा खसेकाे बसबाट अहिलेसम्म १८ जनाको उद्दार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बर मात्रै देखिएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो । बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्