काठमाडाैं – नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले २०४६ सालभन्दा अघि र पछिका सबै उच्चपदस्थ व्यक्तिहरुको सम्पती छानविन गर्न माग गर्नुभएको छ ।
मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले हालसम्मका सबै उच्च पदस्थ व्यक्ति, कर्मचारी, पदाधिकारी, जनप्रतिनिधि, सांसद, मन्त्री, प्रधानमन्त्री सबैको सम्पती छानविन गर्नुपर्ने बताउनुभएको हो । उहाँले संविधान र व्यवस्था ठिक छैन भन्ने भाष्यका साथ ०४६ सालपछिका व्यक्तिहरुको सम्पति छानविन गर्ने माग गरिएको भन्दै उहाँले ०४६ सालभन्दा अगाडीका पनि सबैको सम्पती छानविन हुनुपर्ने बताउनु भयो ।
उहाँले संविधान र व्यवस्था ठिक छैन भन्ने भाष्य अन्त्य गर्नका लागि पनि सबैको सम्पती छानविन गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले ०४६ अघिको व्यक्ति र व्यवस्था ठिक नभएर नै परिवर्तन गर्नुपरेको उल्लेख गर्दै त्यस अघिका पनि सबैको छानविन हुनुपर्ने उहाँले माग गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘राजनीतिमा खराब मान्छे मात्रै छन् भन्ने र खराब मात्रै हुन्छ भन्ने भाष्य निर्माण भइरहेको छ । संविधान र व्यवस्था माथि प्रहार भइरहेको छ । यहाँ सबै खराब छन् भन्ने भाष्य निर्माण भइरहेको छ । राजनीतिलाई सफा, आकर्षक र जिम्मेवार बनाउनु पनि अबको आवश्यकता हो । खराबको भीडमा असल मान्छे पनि त चिन्न सकिएन ।
त्यसैले पनि काण्डहरुको अनुसन्धान र छानविन हुन आवश्यक छ । २०४६ सालभन्दा पहिलेदेखि अहिलेसम्म सबै उच्च पदस्थ व्यक्ति, कर्मचारी, पदाधिकारी, जनप्रतिनिधि, सांसद, मन्त्री, प्रधानमन्त्री सबै खराब हुन् कि असल हुन् छानविन गर्नुपर्यो । अनुसन्धान गर्नुप¥यो ।
यो ठिक हो वा बेठिक हो छुट्टयाइदिनुप¥यो । संविधान र व्यवस्था ठिक छैन भन्ने भाष्य अन्त्यका लागि पनि यि सब कामहरु गर्नु आवश्यक छ । असल चिजलाई बचाउनुपर्यो र खराब चिजलाई सच्याउनुपर्यो । छिटपुट रुपमा ०४६ पछिका सबै व्यक्तिको सम्पती छानविन गर्नुप¥यो भन्छौँ । तर त्यस अगाडी सबै ठिक थिए त । ति पनि त छानविन गर्नुपर्यो नि ।
ति ठिक नभएर व्यवस्था परिवर्तन गरेको छ । त्यसपछाडीको मात्रै गर्ने भन्ने आवाज उठेको छ । त्यही भएर अहिलेसम्मका सबैको गर्न आवश्यक छ । यो मेरो विशेष माग हो । म सरकारसँग २०४६ अगाडी पछाडी सबैको छानविन होस् भन्नेकुरा मैले जोडदार रुपमा माग राख्न चाहन्छु ।’
सांसद पन्थले भ्रष्टाचारविरुद्ध सरकार निर्मम हुनुपर्ने बताउनुभयो । विभिन्न काण्डहरु सेटिङमा मिल्नसक्ने भन्दै कुनैपनि काण्डहरुलाई ढिसमिस नगर्न उहाँले सरकारलाई अनुरोध गर्नुभयो ।