बिरोधका बीच परमाणु दुषित पानी बिहीवारबाट समुन्द्रमा फाल्ने जापानको निर्णय

जापान सरकारले बिहीवारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न शुरु गर्ने भएको छ ।

मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी बिहीवारदेखि दुषित पानी समुन्द्रमा फाल्ने निर्णय गरेको हो । सरकारको सो निर्णयको चौतर्फी बिरोध भइहँदा सरकारले भने दुषित पानी समुन्द्रमा फाल्ने मिति तय गरेको छ ।

समुन्द्री पर्यावरण र सार्वजनिक स्वास्थ्यमा प्रभाव पार्ने भन्दै छिमेकी अन्य प्रशान्त द्वीप देशहरुका साथै मत्स्य व्यवसायी र स्थानीयहरुले सरकारको निर्णयको बिरोध गरिरहेका छन् । जापानी सरकारले परमाणु दुषित पानी प्रशान्त महासागरमा फाल्ने निर्णय लिएपछि स्थानीयहरुले बिरोध जनाउँदै आन्दोलनसमेत गरेका छन् ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्