प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ –  आज सर्वदलीय बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा सुन तस्करी प्रकरणबारे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनउनका लागि कार्यविधि बनाउने जिम्मा दिएका तीन दलका नेताहरुले तयार पारेको कार्यविधिमाथि छलफल हुनेछ । साथै संसदको अवारेध हटाउने बारेमा पनि छलफल हुनेछ । साथै आज २ बजे बस्ने शीर्ष तीन दलका नेताहरुको बैठकले सो कार्यविधि उच्चस्तरीय छानबिन समिति बनेको खण्डमा अन्तिम रुप दिने बताइएको छ । कार्यविधि तीन शीर्ष नेताबाट पारित भए आजको संसद अवरोध हट्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्