अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलोबाट हालसम्म ११४ जनाले ज्यान गुमाए

FILE PHOTO

अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलोका कारण हालसम्म ११४ जनाले ज्यान गुमाएका छन् भने ६० प्रतिशत बढी डढेलोग्रस्त क्षेत्रमा उद्धार टोलीले निरीक्षण गरेको छ ।

हवाई राज्यका प्रमुख जोस ग्रिनले डढेलोका कारण ज्यान गुमाउनेको संख्यामा अझै वृद्धि हुनसक्ने बताउनु भयो । उहाँले डढेलो लागेको सबै क्षेत्र अझै अनुगमन गर्न नसकिएको भन्दै उद्धार कार्य जारी रहेको बताउनु भयो । उहाँले डढेलोका कारण त्यहाँ अवस्था बयान गर्न कठिनाइ भइरहेको र ६ बिलियन सम्पती ध्वस्त भएको अनुमान गरिएको बताउनु भयो । उहाँले २२ सय भवनहरु ध्वस्त हुनुका साथै अन्इ ५ सय बढी भवनमा क्षति पुगेको बतउनु भयो ।

डढेलोको कारण माउईको लोकप्रिय पर्यटकीय स्थल पहिलाको हवाई राज्यको राजधानी ऐतिहासिक शहर लाहाइनाको धेरैजसो भूभाग जलेर नष्ट भएको छ । त्यहाँ १३ हजार बासिन्दाहरु बस्ने गर्दथे । कम्तिमा अझै १ हजार मानिस बेपत्ता भएकाले उद्धारका टोलीहरु थपेर कार्यमा खटाइएको बताउनु भयो । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमवार माउई राज्यका जीीवत उद्धार गरिएका परिवारहरुसँग भेट्ने कार्यक्रम छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्