काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको ३८औं वार्षिक उत्सव कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले हालै भएको भारत भ्रमणका क्रममा १० हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने प्रारम्भिक सहमति भएको र यसलाइ अन्तिम रुप दिन तयारीमा लागेको बताए।
बंगलादेशमा विद्युत् निर्यातका लागि सम्झौतामा हस्ताक्षरको अन्तिम तयारी भइरहेको समेत उनले जानकारी दिए । यस्तै आगामी महिना हुने चीन भ्रमणमा ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सहमति हुने विश्वास दिएको छु ।’