बझाङ – प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाई कार्यालय बझाङले ८ महिना पछि कार्यालय प्रमुख पाएको छ। केन्द्रीय मस्य भवन बालाजु बाट सरुवा भएर आएका कार्यालय प्रमुख लाइ बिहिबार आलुजोन बझाङमा स्वागत गरीएको छ । कार्यालय प्रमुख नभएपछि कार्यालयको कामकाज गर्न निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएका हर्कदेब जोशी सहित कर्मचारीहरुले सुरुवा भएर जिल्लामा आएका कार्यालय प्रमुख चरित्र नारायण यादबलाइ फुल माला खादा लगाएर स्वागत गरेका छन् ।
यादब मत्स्य अनुसन्धानकेन्द्र बालाजु काठमाडौबाट सरुवा भएर प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाई बझाङमा आएका हुन् । २०७९ सालमा कार्यालय प्रमुखको रुपमा रहेकी सबिता जोशी पढाइको लागी बिदेश गएपछि निमित्तको भरमा कार्यालय सञ्चालन हुदै आएको थियो । आठ महिना पछि मात्र आज प्रधानमन्त्री कूषि आधुनिककरण परियोजना कार्यान्वयन इकाइ बझाङले कार्यालय प्रमुख पाएको छ।