काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित यस बर्षको कक्षाा १२ को नतिजा मंगलबार सार्वजनिक गरेको हो ।
कुल ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् । यो संख्या नियमित र ग्रेडवृद्धि दुबै तर्फको हो ।
राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुनः ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ ।
नतिजा यसरी हेर्न सकिन्छ
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट http://www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ। त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ। त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ।