नेपाल व्यापार संघकाे आयाेजनामा राजश्व प्रशासन र सुरक्षा सम्बन्धि सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न

काठमाडौँ – नेपाल व्यापार संघले काठमाडौँमा राजश्व प्रशासन र सुरक्षा सम्बन्धि सचेतना अभिबृद्धि कार्यक्रमको आयाेजना गरेको छ । सोमबार नेपाल व्यापार संघ, केन्द्रीय कार्यालयको आयोजना आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा राजश्व अनुसन्धान विभागका निर्देशक विनोद लामिछाने रहनुभएको थियो ।
व्यवसायीहरुले कर, राजश्व र आर्थिक क्षेत्रमा खेप्नुपरेको सास्ती, अनविज्ञता तथा दोहोरो कर लगायतका विषयमा व्यवसायीहरुलाई जानकारी गराउने र भोग्दै आएको समस्यालाई सरोकारवालाहरुका बीचमा प्रस्तुत गर्न पाउने मौका मिलोस भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका सभापति तथा नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले कर देशका लागि भएकोले यसमा नडराईकन सहभागी हुन आग्रह गर्नुभयो । मुअकर ग्राहकबाट असुल उपर हुने भएकोले यसलाई समयमै दाखिला गर्नु हामि सबैको दायित्व भएको र कर सम्बन्धि ज्ञान व्यवसायीलाई नै भयो भने विवरण राख्न समेत सजिलो हुने र अन्य तेस्रो व्यक्तिको आवश्यकता नहुने वताउनुभयो ।

कार्यक्रममा वक्ताहरुले आफ्नो जिज्ञासा राखेका थिए । खुला सीमा भएका कारण हुने चोरी नियन्त्रण गर्नुपर्नेमा सरकारको ध्यान भन्सारको माध्यमबाट आउने व्यापारीमाथि भएको गुनासो समेत गरको थिए । यस्तै सिमित व्यापारीहरुको च्यानल सिधै सरकारसँग भएको र अन्य व्यवसायीहरुभने सास्ती खेप्दै आएपनि सरकार मौन रहेको कुरा राखेका थिए । व्यसायिक क्षेत्रमा विगतमा देखिएको समस्या ज्यूका त्यू रहेको भन्दै यसतर्फ सरकारले ध्यानदिनुपर्ने समेत सुझाव दिए भने आगामी दिनमा भन्सारमा व्यापारीको पहुँच हुनुपर्ने, विभेदकारी भावन हुनु नपर्ने, निश्पक्ष हुन समेत सरकारलाई चेतावनी दिएका थिए ।

दोहोरो कर, वहाल करमा देखिएको समस्या, भन्सारमा देखिएको समस्या, लेखापरीक्षणको विस्तृत विवरण ६ बर्षसम्म राख्ने झन्झट, मासिक रुपमा खरिद विक्रि विवरण देखाउनुपर्ने तथा मुअकर दाखिला गर्नुपर्ने लगायतका समस्याहरु प्रस्तुत भएका थिए भने यसबारे करसँग सम्बन्धित व्यक्तिहरुले जवाफ दिएका थिए । एक करोडभन्दा कम कारोबार गर्ने व्यवसायीहरुका लागि चौमासिक कर विवरण राख्ने तयारी भएको समेत बताए ।
यस्तै वाणिज्य विभागबाट प्रतिनिधित्व गर्दै उपस्थित हुनुभएका विजय कुमार भट्टराईले उपभोक्ता संरक्षण हित सम्बन्धि लागु भएको नियमहरुबारे प्रकाश पार्नुभएको थियो ।


कार्यक्रममा नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले समस्याहरु प्रस्तुत गरेका थिए । भन्सारमा पेश गरिने बिल मूल्यलाई मान्यता दिइनुपर्ने तथा राज्यले बैंक मार्फत उपलब्ध गराएको भुक्तानीमा मात्र कर लाग्ने मान्यतालाई समर्थन गरिनुपर्ने र भन्सारमा मनोमानी किसिमले मूल्यबृद्धि गर्ने कुराले व्यापारमा असहज भएको भनि आफ्नो भनाइ राखेका थिए । यसैगरी भन्सार प्रक्रिया पुरागरि आएका माल बस्तुलाई सहज रुपमा गन्तव्यमा पुग्ने वातावरण निर्माण गरि चोरी पैठारी नियन्त्रणमा आधुनिक प्रविधिको प्रयोग र वैज्ञानिक तरिका अनपाउन र जथाभावी दुख नदिन समेत सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

यस्तै खुला सिमानामा हुने अवैध गतिविधि नियन्त्रण गरी चोरी पैठारी पूर्णरुपमा नियन्त्रण हुनुपर्ने, मालसमान लेभलिङ गर्ने विषयमा आयातकर्ता वा वितरकको विवरण खुल्ने व्यवस्था गरिनुपर्ने, खातापाता कति बर्ष राख्नुपर्ने स्पष्ट पारिनुपर्ने, करमा एकद्वार प्रणाली लागु हुनुपर्नै, व्यवसायीबाट स्थानीय तहले लिने कर भार पर्न गएको, चीनसँग गरिएको वाणिज्य सन्धी अबिलमब लागु गरिनुपर्ने भनि आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष नरेश कटुवाल, आन्तरिक राजश्व कार्यालय लाजिम्पाटका निर्देशक राजु प्रसाद प्याकुरेल, उद्योग विभागका निर्देशक कृष्ण खरेल, वाणिज्य विभागबाट विजय कुमार भट्टराई, आन्तरिक राजश्व कार्यालय न्यूरोडका प्रमुख शसी भट्टराई लगायत अन्य सरोकारवाला उपस्थित भएका थिए । कार्यक्रममा अन्य व्यापार संघका अध्यक्ष तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्