संसदमा बोल्न नदिए पार्टी भित्र बिद्रोह गर्छुः काँग्रेस सांसद शर्मा

काठमाडौँ – सत्तारुढ नेपाली काँग्रेसका सांसद सुनिल शर्माले आफूलाई संसदमा बोल्न नदिए पार्टी भित्रै बिद्रोह गर्ने चेतावनी दिनुभएको छ ।

सांसद शर्माले पार्टी संसदीय दलको बैठकमा आफूले संसदमा बोल्न नपाए बिद्रोह गर्ने धारणा राखेको जानकारी गराउनुभएको हो । आईतवार बसेको पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीमाझ उहाँले यस अघि पनि पार्टीका प्रमुख सचेतक रमेश लेखकले बोल्न नदिएपछि आफूले बिद्रोहीको रुपमा संसदमा बोल्नुपरेको खुलासा समेत गर्नुभयो । सांसद शर्माले सरकारलाई आतंककारीको संज्ञा दिँदै यसलाई छिटो भन्दा छिटो हटाउने प्रयासमा आफू लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्