नेपाली कांग्रेसको आन्तरिक विशेष अभियानमा जनप्रतिनिधि र पार्टीबीच समन्वय कम भएको महसुस

बझाङ – नेपाली कांग्रेसले सन्चालन गरेको आन्तरिक विशेष अभियान कार्यक्रम मा नेपाली कांग्रेसका नेता कार्यकर्ता र जनप्रतिनिधिहरुले समन्वय सहकार्य कम्म भएको महसुस गरेका छन्। आन्तरिक विशेष अभियान का क्रममा पाटीका नेता कार्यकर्ताहरुले स्थानीय तहका जनप्रतिनिधिहरु स्वेच्छाचारी ढंगले अगाडि बढेका पार्टीको विधान घोषणा पत्र अनुसार काम काग नगरेको र पाटीका नेता कार्यकर्ता संग सरसल्लाह नगरि योजना कार्यक्रम बिनियोजन गर्ने गरेको नेता कार्यकर्ताहरुले गुनासा राखेका थिए।

जिल्लाका सबै पालिकामा भएको आन्तरिक विशेष अभियानमा पाटीका कार्यक्रमहरु कम्म हुने गरेको भार्ति सठनहरुको पुर्न गठन नभएका कमिकमजोरी राखेका थिए। साथै नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले पनि पाटी सम्मर्थक नेता कार्यकर्ता जनताहरूले आपनो गाउँ ठाउँमा के समस्या छ पाटीको र जनताको हितको लागि के काम गर्दा राम्रो होला भनेर योजना कार्यक्रम माग नगरेका कारणले पनि जनप्रतिनिधि र पाटी बिच को समन्वय सहकार्य कम्म भएको महसुस गरेका थिए। आन्तरिक विशेष अभियानमा जिल्ला भित्र नेपाली कांग्रेसमा भएका कमिकमजोरीहरु राम्रो पक्षहरु समस्या चुनौती को अबस्था विश्लेषण गरी आगामी दिनमा बझाङ काँग्रेस लाइ अझै ससक्त रुपमा अगाडि बढाउन यो अभियानले सबै नेता कार्यकर्ता लाई हौसला मिलेको पाटी सभापति खडक बहादुर बोहराले बताउनुभयो।

साथै उहाँले आन्तरिक कमिकमजोरी भए सामाजिक सञ्जालमा अनावश्यक कुरा लेख्नु भन्दा बैठक समारोहमा वा भेटेर आफ्नो कुरा राख्न समेत आग्रह गर्नुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्यक्रम अनुसार भएको आन्तरिक विशेष अभियान कार्यक्रम बझाङ जिल्लामा २०गतेबाट सन्चालन भएर साउन ३०गते सकिने कार्यक्रम रहेको छ। अभियान मा पाटी को अवस्था बुझ बिस्तार गर्ने र प्रशिक्षण दिने केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य डा रण बहादुर रावल बझाङ आउनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्