बझाङमा ८९वर्षिया गिठी देवी जोशीले घरमै पाइन् नागरिकता

बझाङ- साउन २६ बझाङको मष्टा गाउपालिका वडा नं- ४ भातेखोलाकि एक महिलाले ८९ बर्षको उमेरमा नेपाली नागरीकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । उत् नागरिकता प्राप्त गर्न मष्टा गापा वडा नं। ४ भातेखोलाकि ८९बर्षकि जेष्ठ नागरिक गिठि देवी जोशीले प्राष्त गर्नु भएको हो। नेपाल को संबिधानमा सोह्र वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रावधान रहेको छ।तर ती महिलाले भने ८९ वर्षको उमेरमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन।

आज बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको सहितको टोलीले जोशीको घरमा नै पुगेर आज८९ वर्षको उमेरमा घरमै पुगेर नागरिकता दिएका थिए। उत् नागरिकता प्राप्त गरेपछि आफन्त र गिठी देखि जोशी खुशी भएका छन् । गिाठी देबि जोशीलाइ हिडडुल गर्न समस्या हुने गरेकाले वडा कार्यलय तथा जिल्ला प्रशासन कार्यलयमा समेत ल्याउन निकै समस्या भएपछि आज जिल्ला प्रशासन कार्यालय बझाङ बाट प्रमुख जिल्ला अधिकारी सहित को टोलीले घरमै गएर सबै कागजी प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए। गिठी देवि जोशीलाइ उमेरले पनि नेटो काटि सकेको र सदरमुकाम जान पनि समस्या भएकोले आज सम्म नागरिकता प्राप्त गर्ने नसकेको र आज जिल्ला बाट टोली गएर नागरिकता प्राप्त गरेपछि जेष्ठ नागरिक ८९ बर्षकि गिठि देवी जोशी निकै खुसी भएकी थिइन्। यसरी घरमै आएर ‘नागरिकता पाउला जस्तो त लागेको थिएन, तर आज आफ्नै घरआँगनमा नागरिकता पाइयो, म निकै खुसी छु उहाँले भन्नुभयो । नागरिता नहुँदा उनी हालसम्म पनि सामाजिक सुरक्षा भत्ता पाउनबाट समेत वञ्चित थिइन ।

उहाँ जस्तै धेरै ज्येष्ठ नागरिकहरुले केहि महिना अगाढि चलेको घुम्ति शिविर मार्फत नागरिकता प्राप्त गरेका थिए ।यो भन्दा पहिला पनि घरमै गएर साइपाल गाउँपालिका र छबिसपाथिभरा गाउँपालिका मा पनि जेष्ठ नागरिक लाइ नागरिकता उपलब्ध गराएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्