बझाङको बुङ्गलका कर्मचारीको शव ६ दिनपछि फेला

सांकेतिक तस्बिर

बझाङ – बझाङको बुङ्गल नगरपालिकाको कार्यालय सहयोगी धनबहादुर बोहराको शव डोटीस्थित दिपायलको सेती नदीमा फेला परेको छ । उनकाे शव ६ दिनपछि फेला परेको हो । बुङ्गल–३ विर्पैयाँका ४० वर्षीय बोहराले लगाएको चप्पल कालङ्गा नदीको किनारमा बिजगडा पुलको नजिक भेटिएको थियो। चप्पल नदी किनारमा भेटिएकाले उनी नदीमा खसेको हुनसक्ने आशंका गरिएको थियो। उनको शव ६ दिनपछि डोटीमा फेला परेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्