नेपाल व्यापार संघले राजस्व प्रशासन र सुरक्षा सम्बन्धी सचेतना अभिबृद्धि कार्यक्रम गर्ने

काठमाडाैं – नेपाल व्यापार संघले राजस्व प्रशासन र सुरक्षा सम्बन्धी सचेतना अभिबृद्धि कार्यक्रम गर्ने भएको छ । संघका अध्यक्ष हरि गौतमका अनुसार यहि साउन २९ गते उक्त कार्यक्रमको आयोजना गर्न लागेको बताउनुभयो । नेपाल व्यापार संघ केन्द्रिय कार्यालयको आयोजना विभिन्न स्थानमा व्यापार व्यवसाय गर्ने सन्दर्भमा राजश्व प्रशासन तथा कर, भन्सार र राजस्व चुहावट नियन्त्रण लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै चोरी, ठगी, चेक वाउन्स आदि सम्बन्धमा सचेतना कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष हरि गौतमले बताउनुभयो । कार्यक्रममा भन्सार विभाग, आन्तरिक राजश्व विभाग, उद्योग विभाग, राजश्व अनुसन्धान विभाग लगायतका महानिर्देशकहरुको उपस्थिति रहनेछ ।
कार्यक्रममा उपस्थित व्यापारी व्यवसायीहरुले कर सम्बन्धी नबुझेका कुराहरु महानिर्देशक समक्ष प्रश्न राख्नेछन भने सान्दर्भिक र विषयगत प्रश्नको जिज्ञासा महानिर्देशकले व्यक्त गर्नेछन ।

 

यस्ता कार्यक्रमले कर शिक्षा, कर चुहावट नियन्त्रण हुने र राज्यलाई ठुलो सहयोग हुने विश्वास लिइएको छ । कार्यक्रम सम्पन्न पश्चात व्यापारी तथा व्यवसायीहरुले करका विषयमा इमान्दार भएर लाग्ने र राज्यको कर संकलनमा सहयोग पुग्ने अध्यक्ष गौतमले विश्वास लिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्