बझाङ – सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामा तथा कानुन मन्त्री स्व पूथ्बी बहादुर सिंहका अधुरा कामहरु पुरा गर्न आफु सधै जनताको सेवक हुने युवा नेता अभिषेक सिंहको भनाई रहेको छ। प्रदेश राजधानी बाट गुह जिल्ला बझाङ आउने क्रममा कार दुर्घटना परी निधन भएका स्व सिंहको जनतामा भएको विश्वास आफु कहिले नघटाउने उनका छोरा अभिषेक बहादुर सिंहले जानकारी दिए।
आफु राजनीतिक दलको नेता मात्र नभएर पनि आफ्नो स्व बुबाको त्यो जनतामा भएको विश्वास कहिले मर्न नदिन आफु दिन रात नभनी जनताको सेवक भएर आफ्नो जिवन बिताउने उनले बताए। आज पाटी कार्यालयमा भएको आन्तरिक विशेष अभियानमा युवा नेता सिंहले आफु कुनै पनि पदमा नभएर पनि आफ्नो बुबाको हेरेक संर्घष तथा जिल्लामा गरेका हरेक कामको जनताले मुल्यांकन गरेकाले आफु त्यो कुरा मनमा राखेर बुबाका हरेक बाचा पुरा गर्न सधैँ जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता उक्त आन्तरिक विशेष अभियान कार्यक्रममा बोलेका थिए।
युवा नेता सिंह बझाङ जिल्लामा पाटीको जिल्ला कमिटी सदस्यमा सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए। युवा वर्गमा लोकप्रिय सिंहले जिल्लामा वा जिल्ला बाहिर रहेर पाटीका हरेक कार्यक्रममा सहभागीता पनि लामो समय देखि दिदै आएका छन्। सिंह बिद्यार्थी राजनीतिक बाट अहिले जिल्ला कमिटी सदस्य सम्म रहेर पाटीको हरेक क्षेत्रमा काम गर्दै आएका छन्। पारिवारिक पृष्ठभुमि नै राजनीतिमा सक्रिय रहेकाले युवा नेता अभिषेक सिंह पनि सानो उमेर देखि नै राजनीति यात्रा मा लागेका हुन्। अब स्व पूथ्बी बहादुर सिंहले सोचेका तर पुरा गर्न नसकेका अधुरा कामहरु लाइ आफुले निरन्तरता दिने युवा नेता अभिषेक सिंह बताए।