भीमदत्त राजमार्ग पहिरोले अवरुद्व, सात पहाडी जिल्लाको तराइसँगको सडक सम्पर्क विच्छेद

कञ्चनपुर – भीमदत्त राजमार्ग पहिरोले अवरुद्व भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा अवरुद्ध भएको द्ध भने सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गकै खानीडाडाँ र बुढीतोला क्षेत्रमा सडक भत्कीएर पूर्णरूपमा अवरुद्ध भएको हो । सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराइसँग जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सडक सम्पर्क विच्छेद भएको छ।

हिजोदेखि लगातार परेको वर्षाका कारण खसेको पहिरोले भिमदत्त राजमार्ग अवरुद्ध बनेको हो । डडेल्धुरा, अछाम, डोटी बाजुरा, बैतडी, बझाङ र दार्चुला आवतजावत गर्ने सवारी साधनहरु बाटोमै अलपत्र परेका छन् । यस्तै पहाडी जिल्लाबाट तराईका जिल्ला तथा सुदूरपश्चिम बाहिर जाने लामो यात्राका गाडीहरु समेत सडकमै रोकिएका छन् ।

भीमदत्त राजमार्गको भ्याँगुत्तेपानीको पहिरो मात्र डोजरले हटाएको छ । राजमार्गको विभिन्न क्षेत्रमा पहिरो र रुख रहेकाले डोजर सडक भाँसिएको क्षेत्रमा पुग्न समय लाग्ने भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्