ठाउँ-ठाउँमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरूद्ध,

File Photo

काठमाडौँ – अविरल वर्षातका कारण ठाउँठाउँमा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक खण्ड अवरूद्ध हुन पुगेको छ। सडक डिभिजन भरतपुरले जानकारी दिएअनुसार कालिखोला लगायत ठाउँमा मंगलबार बिहानै पहिरो खसेको हो।

बिहानैदेखि डिभिजन कार्यालय भरतपुरको मेसिन उपकरणद्वारा पहिरो पन्छाउने कार्य भइरहेको छ। वर्षात् भइरहेकाले अन्य ठाउँमा पनि पहिराको जोखिम बढेको छ। अहिले खसेको स्थानमा थप पहिरो नआए अवरूद्ध सडक खुलाउन करिब ३ घन्टा समय लाग्ने अनुमान अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्